Monday 3rd August 2020

    नेपालमा आज खण्डग्रास सूर्यग्रहण,    सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ    बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७    नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता    काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

चिसोबाट जोगिने उपायहरु

२०७६ पुष २६, शनिबार सुस्तानेपाल .कम

जाडो महिनामा सबैभन्दा ठुलो चुनौती भनेकै चिसोबाट बच्नु हो । चिसोले गर्दा धेरै मानिसहरु बिरामी पर्ने गर्छन् । चिसोले बालबालिका र बृद्धहरुलाई बढि प्रभावित गर्ने गर्दछ । कतिपय मानिसको चिसोको कारण मृत्यु हुने गरेको हामीले समाचारहरु सुन्दै आएका छौं । त्यसैले चिसोबाट कसरि बच्ने जानकारी हुनु आवश्यक छ ।

चिसोबाट कसरी बच्ने ?

झोलिलो पदार्थ चिसोमा झोलिलो पदार्थ सेवन गर्नुपर्छ । तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केही मात्रामा दुध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ ।

न्यानो कपडा चिसोमा न्यानो हुनका लागी बाक्लो कपडामा लगाउनुपर्छ । एकछिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ । त्यसैले न्यानो कपडा तथा टोपी लगाउनुपर्छ ।

कोठालाई न्यानो बनाउनु पर्छ । तर न्यानो बनाउने सोचमा कोठाको झ्यालढोका बन्द गरेर राख्न हुदैन ।

तेल मसाज चिसो समयमा शरिरका विभिन्न भागहरु दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुने गर्दछन् । त्यसैले तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।

बालबालिकालाई तेल मसाज चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण हुन्छ । चिसोले गर्दा बालबालिकालाई निमोनिया लगायतका समस्याहरु देखापछर्न। त्यसले चिसोबाट राहत पाउनका लागी तेल मसाज गर्नुको साथै न्यानो कपडा लगाइदिनुपर्छ ।

धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरिरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने गर्नुपर्दछ । पसिना आएमा कपडा फेरीदिनुपर्छ ।

मर्निङ वाक नगर्ने काठमाडौंको वातावरण निकै प्रदुषित भएकाले चिसोमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना भएकाले मर्निङवाक नगर्नु राम्रो मानिन्छ ।

स्वास्थ्य जाँच चिसोबाट घरेलु रुपमा बच्ने कोशिष गर्दा उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । ’