गण्डकी प्रदेश सरकारले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
माघे सक्रान्तिका दिन कास्कीसहित प्रदेशका विभिन्न जिल्लामा मेला लाग्ने गर्दछ । माघे संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वलाई थारु समुदायले नयाँ वर्ष मान्ने गर्छन् भने मगर समुदायले पनि धुमधामका साथ मनाउने गर्छन् ।