पथिक फाउण्डेशन(पि.टि.एस.सी.), हेल्थ यूनिट कुपण्डोल, काठमाण्डौंको आयोजनामा पौष २६ गते रेकी कार्यक्रम हुने भएको छ । स्वास्थ्य एवं आनन्दित जीवनका लागि ब्रहमउर्जा अर्थात रेकी कार्यक्रम बुढीबजार लेखनाथ स्थित शिव मन्दिरमा हुने भएको हो ।
पथिक ज्ञान निकेतन स्कुल काठमाण्डौंका कोओडिनेटर तथा शिक्षक रेकी मास्टर साइमोन दाहालद्धारा रेकी अर्थात हिलिङ कार्यक्रम हुने भएको फाउण्डेशनका योगासन एवं प्राणायामकी प्रशिक्षक शिवानी योगिनीले जानकारी दिइन् ।
प्रशिक्षक योगिनीका अनुसार रेकी एउटा सकारात्मक उपचार उर्जा भएको जसलाई स्वस्थ्य र आनन्दित जीवन बाच्नका लागि सबैले सिक्न सकिने पनि बताइन् । रेकीले शारीरिक स्वास्थ्य एवं मानसिक र भौतिक उपचार प्रदान गर्दै आध्यामिक शक्तिको विकास गर्ने समेत उनले जानकारी दिएकी छन् ।