Friday 5th March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

गुड न्यूज’ ले छाप्यो सय करोड

२०७६ पुष २१, सोमबार सुस्तानेपाल .कम

अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म ‘गुड न्यूज’ लाई दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो फिल्मले पहिलो विकेन्डमा बक्सअफिसमा ५० करोडको आँकडा पार गर्न सफल भएको थियो । यसबीच, प्रदर्शनको ६ दिनमा फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ ।  दोस्रो दिन २१ करोड ७८ लाख, तेस्रो दिन २५ करोड ६५ लाख, चौथो दिन १३ करोड ४१ लाख, पाँचौ दिन १६ करोड २० लाख र छैठौ दिन २२ करोड ५० लाख कमाउँदै ‘गुड न्यूज’ ले भारतीय बक्सअफिसमा कुल १ सय १७ करोड १० लाखको व्यापार गर्न सफल भएको छ । योसँगै भारतीय फिल्मका व्यापार विश्लेषकहरुले यो फिल्मलाई २०१९ को हिट फिल्म घोषणा गरेका छन् ।

  बक्सअफिसमा ‘गुड न्यूज’ को टक्कर सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ सँग छ । तर, ‘दबंग ३’ को बावजूद पनि अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मले सलमानको फिल्मको व्यापारमा ठूलो असर गरेको छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । र, दिन-प्रतिदिन व्यापारमा पनि ठूलो गिरावट आइरहेको छ ।  कमेडी ड्रामा ‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुवैले बच्चा जन्माउनका लागि आइभिएफको सहारा लिन्छन् । तर, अक्षय करीना र दिलजीत दोसान्झ कियारा आडवाणीबीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ । 


en_USEnglish