Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

तोरीबारीमा गैंडा मृत भेटिएपछि जग्गा धनीलाई पक्राउ

२०७६ पुष २१, सोमबार सुस्तानेपाल .कम

पौष २१ कास्की | अमलटारी मध्यवर्ती क्षेत्र नजिकैको तोरीबारीमा गैंडा मृत भेटिएपछि तोरीबारीका जग्गा धनी मोहनलाल पन्थीलाई चितवन निकुञ्ज कार्यालयले पक्राउ गरेको छ । आइतबार बिहान कावासोती नगरपालिका– १० रतौलको तोरीबारीमा अन्दाजी ७–८ वर्षको गैडा मृत अवस्थामा भेटिएको हो। कनै कालगतिले वा जुधेर मरेको भनेर विश्वास गर्न नसकिने अवस्था देखिएको भन्दै निकुञ्ज कार्यालयले गैंडा मरेको तोरीबारीका जग्गा धनीलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

चितवन निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले अनुसन्धानका लागि पन्थीलाई पक्राउ गरेर निकुञ्ज कार्यालयमा लगिएको जानकारी दिए। स्थानीय बासिन्दाले गैंडालाई करेन्ट लगाएर मारिएको भनेका छन्। गैंडा खेत बारीमा चर्न आउने र बाली सखाप पार्ने भएकाले करेन्टले तर्साउन राखिएको बिजुलीको नांगो तारमा गैंडा परेको हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ। निकुञ्जका सूचना अधिकारी घिमिरेले गैंडाको मृत्युको कारण पत्ता लगाउन राष्ट्रिय प्रकृतिकोष र निकुञ्जका विशेषज्ञ चिकित्सकलाई पोष्टमार्टमका लागि खटाएको जानकारी दिए।घिमिरेले गैंडाको स्याम्पल ल्याबमा परिक्षण गरिएपछि गैंडा के कारणले मरेको हो भन्ने एकिन हुने उनले बताए।

चितवन निकुञ्जका वार्डेन नारायण रुपाखेतीका अनुसार गैंडा मरेको जानकारी पाएपछि चितवन निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा पठाइएको छ। विशेषज्ञको टोलीले अनुसन्धान गरेपछि के कारणले गैंडा मरेको हो भन्ने जानकारी दिन सकिने रुपाखेतीले बताए। उनले अनुसन्धानका लागि खटिएको विज्ञहरुको टोलीले प्रतिवेदन दिएपछि मृत्युको कारण खुल्ने बताए। चितवन निकुञ्ज गैंडाको मुख्य बासस्थान हो। २०७२ वैशाखमा गरिएको गैंडा गणनामा चितवन निकुञ्जमा ६४५ वटा एकसिंगे गैंडा रहेको तथ्यांक सार्वजनिक भएको थियो। निकुञ्ज र आसपासका मध्यवर्ती जंगलमा गैंडा हेर्न संसारभरीबाटै पर्यटकहरु आउने गर्छन्।

९३१ वर्ग किलोमिटर फैलिएको निकुञ्ज र त्यसको चारैतिर रहेको मध्यवर्ती सामुदायिक वन क्षेत्र गैंडाको बासस्थान हो। निकुञ्ज र सिमानामा रहेको मध्यवर्ती क्षेत्रमा मानव चाप बढदै गएपछि निकुन्जका गैंडा आहारको खोजीमा बाहिर निस्कने गर्दछन्।


en_USEnglish