Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

फिस्टेल र स्टेसनरी महासंघ सदस्यलाई छुट

२०७६ पुष ११, शुक्रबार सुस्तानेपाल .कम

पोखरा, ११ पुस
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की र फिस्टेल बचत तथा ऋण सहकारीका सदस्यले युआरएलका सेवामा छुट पाउने भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले फिस्टेल सहकारी अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ र स्टेसनरी महासंघ कास्की अध्यक्ष मोहनप्रसाद सापकोटासँग छुट्टाछुट्टै छुट सम्झौता भएको जानकारी दिए ।


दुवै संस्थाका सदस्यले युआरएलका सबै सेवामा ३० छुट पाउने छन् । छुट प्राप्त गरेका दुवै संस्थाले यसका लागि छुट्टै परिचयपत्रको व्यवस्था गर्ने सहमति छ । उनीहरुले अन्यत्र कार्यालय वा शाखा खोले पनि यो सम्झौता लागु हुनेछ । छुट सम्झौता ५ वर्षसम्म लागु हुनेछ । युआरएलसँग सहकार्य गरी यसरी छुट प्राप्त गर्ने संस्थाको संख्या ४६ पुगेको छ ।

  •  


en_USEnglish