Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

२१ औं सडक महोत्सव तयारी पूरा

२०७६ पुष १०, बिहीबार सुस्तानेपाल .कम

पौष–१०, पोखरा
रेष्टुरेन्ट एण्ड बार एशोसियसन अफ नेपाल ( रेवान ) पोखराको आयोजनामा शनिबारदेखि शुरु हुन लागेको २१ औं सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
महोत्सव स्थल कोमागाने पार्कमा रेवान पोखराले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले प्रतेक वर्ष “सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुलनाराका साथ महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सव सुरु हुनुभन्दा अगाडी खहरेचोकबाट विभिन्न साँस्कृतीक झाँकी सहितको यालीले ३ कि.मि.पैदलयात्रा गर्दै महोत्सव स्थल कोमागाने पार्कमा आएर उद्घाटन समारोहमा परिणत हुने भएको छ ।
महोत्सव उद्घाटन सँस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गर्ने भएका छन् ।
महोत्सवमा भारतीय तथा पाकिस्तानका साँस्कृतीक समुह, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरुदेखि लिएर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृतचित्र प्रदर्शनी, अन्र्तराष्ट्रिय खानाका परिकारहरुका साथमा ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुबाट लाइभ कन्सर्ट आकर्षणका रुपमा रहने समेत आयोजकले जनाएको छ ।
यसपटक महोत्सवलाई प्रत्यक्ष रुपमा झण्डै ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरेपनि ठ्याक्कै आँकडा भने नरहेको महोत्सव आयोजना समितिले जनाएको छ ।


en_USEnglish