Friday 5th March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

दोस्रो क्रस कन्ट्री राष्ट्रिय स्तरको प्रतियोगिता २०७६

२०७६ पुष १०, बिहीबार सुस्तानेपाल .कम

पौष–१०, पोखरा
“ स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड” भन्ने मुल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा दोस्रो क्रस कन्ट्री राष्ट्रिय स्तरको प्रतियोगिता २०७६ माघ २५ गते स्याङ्जा पुतली बजार नगरपालिका–९ मा हुने भएको छ ।
 स्याङ्जा चारथुम र सात सय कोल्मा बाहकोट चौरका बासिन्दाहरु विदेशिनेदेखि लिएर स्वदेशमै पोखरा र काठ्माण्डौंमा बसाईसराई हुन थालेपछि गाउँ उजाड हुन लागेकोले जन्मभुमि र माटोको रक्षा गर्न, विदेश पलाएन भएका र बसाईसराई गरेका संगको मन र भावनाहरुलाई जोडेर गाउँको विकास गर्न सात सय कोल्मा बाहकोट सम्पर्क मञ्च स्थापना गरिएको मञ्चका अध्यक्ष जीत बहादुर गरुङ्गले जानकारी दिएका छन् ।
मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद र पर्यटनको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक विकास गर्न सके गाउँ बस्ती रित्तिनबाट जोगाउन सकिन्छ भन्ने अभिलाषा बोकी “संस्कृती संरक्षणको लागि एकजुट, पर्यटन प्रबद्र्धनको लागि खेलकुद ” भन्ने आत्मसातका साथ राष्ट्रिय स्तरको क्रस कन्ट्री दौडसँगै स्थानीय संस्कृति प्रदर्शन, होम स्टे साँझ जस्ता कार्यक्रम गरी भ्रमण वर्ष नेपाल २०२० मनाउन समेत यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङ्गले बताए ।
अध्यक्ष गुरुङ्गका अनुसार ३१ कि.मि. खुल्ला पुरुष दौड प्रतियोगिता र १४ कि.मि. २१ वर्ष मुनीका पुरुष प्रतियोगिता गरी दुई प्रकारका दौड प्रतियोगिता हुने भएको छ ।
 क्रस कन्ट्री दौड प्रतियोगिता स्याङजा कोल्मा बराहचौरदेखि सुरु भई पुतली बजार नगरपालिका ९ कोल्मा बराहचौर, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, शु.न.पा. ११ बिसाउना, विरुवा गाउँपालिका–४, खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा समापन हुने भएको छ ।
उक्त राष्ट्रिय स्तरको दौड प्रतियोगितामा खुल्ला तर्फ प्रथम पुरस्कार रु ५० हजार, द्धितिय पुरस्कार रु ४० हजार, तृतीय पुरस्कार रु ३० हजार रहेको छ ।
त्यस्तै २१ वर्ष मुनी तर्फ प्रथम पुरस्कार रु २० हजार, द्धितिय पुरस्कार रु १५ हजार तृतिय पुरस्कार रु १० हजारको साथै प्रमाण–पत्र र मेडल रहेको मञ्चका महासचिव मन बहादुर थापाले जानकारी दिए ।
यस्तै १० औं स्थानसम्म आउने प्रतियोगिहरुलाई समेत प्रमाण–पत्र र मेडलले सम्मान गर्ने भएको महासचिव थापाले बताए । 


en_USEnglish