Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

वास्तविक घटनामा आधारित ‘जालमा फसायौ– २ बैनिको आँसु’ सार्वजनिक, गीतको सम्पुर्ण आम्दानी बालगृहलाई दिईने

२०७६ पुष ६, आईतवार सुस्तानेपाल .कम

वास्तविक घटनामा आधारित लोकदोहोरी गीत ‘जालमा फसायौ २ बैनिको आँसु’ सार्वजनिक भएको छ ।
‘जालमा फसायौ – २ बैनिको आँसु’  मा प्रभावन जे को लय, शब्द तथा संगीत संयोजन,  स्वर बिमाकुमारी दुरा, प्रभावन जे, भुवन प्रकाश बडु, गीतादेवी र पार्वती कार्कि को रहेको छ ।
परिकल्पना तथा निर्देशन प्रभावनजे स्वंमको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।
‘जालमा फसायौ –२ बैनिको आँसु’  गीतबाट भएको सम्पुर्ण आम्दानी सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको गायीका मिना मैयाँ थापाले संचालन गरेको मदर सिस्टर नेपाल बालगृहलाई दिने राजाराम गौतमले जानकारी दिए । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाहरु संरक्षण पाईरहेका छन् ।
नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष (आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका गौतमले बताए ।
गीतमा ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने, व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन र क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सम्पादन नविन भट्टको रहेको छ ।
गीतको भिडियो तल रहेको छ ।


en_USEnglish