Wednesday 22nd September 2021

    दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष    नवलपरासी मा नागरिकता बनाउन को लागि भिड बढयो।    पहाड खस्दा नागढुंगा नजिकैको सडकमाथि …    पहाड खस्दा नागढुंगा नजिकैको सडकमाथि....    पहाड र तराई मिलाएर प्रदेश बनाउनु गलत भयो : उपेन्द्र यादव

पहाड खस्दा नागढुंगा नजिकैको सडकमाथि …

२०७८ भाद्र १३, आईतवार १३:२० sustanepal

१३ भदौ, काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाका कारण काठमाडौं प्रवेश गर्ने प्रमुख विन्दु नागढुंगामा आइतबार सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो ।

अविरल वर्षापछि आइतबार विहान पहिरो खस्दा नागढुंगादेखि ५०० मिटर तल चिसापानीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्यस क्रममा हजारौं गाडी जाममा परेका थिए ।

 

ट्राफिक प्रहरी इन्सपेक्टर त्रिभुवन थापाका अनुसार विहानदेखि अवरुद्ध भएको सडक ११ बजेतिर एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । त्यस्तै साढे १ बजेदेखि भने दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण जमिन गलेपछि ८-१० वटा रुखसहित पहाड नै सडकमाथि खसेको थियो ।

अहिले भने उक्त सडकमा निर्वाध रुपमा यातायात सञ्चालन भइरहेको छ ।